ansaustralia@gmail.com

Follow Us

Our Programs

नयाँ बर्ष २०८२ शुभकामना आदानप्रदान तथा अभिभावक बनभोज

एडिलेड नेपाली समाजको आयोजनामा नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान तथा साउथ अष्ट्रेलिया भ्रमणमा आउनु भएका अभिभावकहरुको सम्मानमा बनभोज (१३ अप्रिल २०२५) भव्य रुपमा सम्पन्न भयो । साउथ अष्ट्रेलियाको क्रियाशिल मध्य पुरानो संस्था समेत रहेको समाजद्वारा आयोजित ७औ वनभोजमा अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । अभिभावकहरु तथा बालबालिकाहरुको मनोरञ्जनका लागि बिभिन्न खेलकुद प्रतियोगिता संचालन गरिएको थियो । भने नेपाली खानको परिकारको समेत व्यवस्था समेत गरिएको थियो । एडिलेड नेपाली विद्यालय समेतको सहकार्यमा भएको वनभोजमा अभिभावक तथा एडिलेड नेपाली विद्यालयका बालबालिका एवं तिनका परिवार सहित ११०० भन्दा बढिको सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदुत दिपक धमलाले नयाँ २०८२ को शुभकामना व्यक्त गर्दै अभिभावकहरुलाई भेटघाटको मौका मिलाएकोमा समाजलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग मञ्जु खड्का, म्यारियन काउन्सिलकी काउन्सिलर रेनुका लामा, एनआरएनए साउथ अष्ट्रेलिया संयोजक संजय पुरीले नयाँ बर्षको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमकाका सभापति तथा समाजका अध्यक्ष श्याम दहालले सहयोगीहरुलाई धन्यवाद दिदै नेपालबाट आउनु भएको अभिभावकहरुलाई आफ्ना सन्तान रहेको समुदाय संग परिचत गराउने र आफु जस्तै अभिभावक संग भेटघाट गर्ने मौकाका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । अतिथि, सहयोगी र सहभागीहरुलाई कार्यक्रम संयोजक पुस्कर कोइरालाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । पव्लिक रिलेशन अफिसर सुरेन्द्र रेग्मीले संचालन गर्नु भएको खेलकुद लगायतका कार्यक्रममा अभिभावक तथा बालबालिकाहरुले निकै सक्रियता सहभागीता जनाउनु भएको थियो । कार्यक्रमको अन्त्यमा खेलका विजयी तथा सहयोगीहरुलाई ट्रफी तथा मायाको चिनो प्रदान गरिएको थियो । बिजयी हुनेहरुमा म्युजिकल चेयरमा हिरालाल सापकोटा प्रथम र सरस्वती न्यौपाने दोस्रो, बालबालिकाको चम्चा दौडमा रिजन वखरेल प्रथम र अल्विजा सुवेदी , हाडी फोरमा हरि प्रसाद पाण्डे विजयी हुनु भएको थियो ।

April 13, 2025

तीज (२०२५)

August 26, 2025

देउसी भैलौ (२०२५)

एडिलेड नेपाली समाज अष्ट्रेलियाको आयोजनामा देउसी-भैलो कार्यक्रम (२०२५ अक्टोबर २१) भव्य रुपमा सम्पन्न भयो । स्थानिय Oaklands Wetland Reserve, Oaklands Park मा सम्पन्न कार्यक्रममा एडिलेडमा रहनु भएका अभिभावक सहित समुदायका सदस्यहरुको उपस्थित रहेको थियो । बालबालिकाहरुले नेपाली कला संस्कृति झल्कने नाचहरु प्रस्तुत गर्नु भएको थियो । भने गायक क्षितिज सापकोटा सहितका देउसेहरुले नेपाली मौलिक देउसी भैली प्रस्तुत गर्नु भएको थियो । साँझ ५ः३० बजेदेखि शुरु भएको कार्यक्रमको समापनमा सेल, तरकारी, अचार र चियाको व्यवस्था समेत गरिएको थियो । 

October 21, 2025

१३औ बार्षिक साधारण सभा तथा स्वयंसेवक सम्मान

 एडिलेड नेपाली समाज अष्ट्रेलियाको तेह्रौँ बार्षिक साधारण सभा (२०२५ नोभेम्बर २ आइतबार) मिचेल पार्क स्पोर्टस सेन्टरमा सम्पन्न भयो । सभा साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगका सदस्य मञ्जु खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले समाजले स्थापना काल देखी यहा रहेको नेपाली समुदायको हितमा क्रियाशिल रहेको बताउदै प्रशंसा गर्नु भएको थियो । भने सरकारले समाजिक संस्थाहरुलाई गर्ने सहयोग माथी प्रकाश पार्नु भएको थियो । समाजका अध्यक्ष श्याम दहालको सभापतित्व र उप सचिव जिवन भट्टराईको स्वागत मन्तव्य शुरु गरिएको कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलिया उपाध्यक्ष गणेश पराजुली, फेन्का साउथ अष्ट्रेलिया संयोजक पुष्कर कोईरालाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सभामा अध्यक्ष श्याम दहालद्धारा प्रस्तुत समाजको गतिविधि सहितको प्रतिवेदन, समाज उपाध्यक्ष तथा एडिलेड नेपाली विद्यालय प्रिन्सिपल एलिजा ढकालद्धारा विद्यालयको प्रगति प्रतिवेदन र कोषाध्यक्ष आनन्द खरेलद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल सहित पारित गरिएको थियो । सभामा फेन्का अष्ट्रेलियाका सह प्रवक्ता तथा समाजका पव्लिक अफिसर सुरेन्द्र रेग्मीले अध्यक्षको प्रतिवेदन संगै सदस्यहरु विच समाजका गतिविधी माथी प्रतिक्रियात्मक छलफल गराउनु भएको थियो । कार्यक्रमको अन्त्यमा समाजका उपाध्यक्ष बालगोपाल उपाध्यायले धन्यवाद मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव सागर श्रेष्ठले गर्नु भएको थियो । साथै समाजको आयोजनामा आइतवार साँझ स्थानिय मिचेल पार्कमा समाजको विभिन्न गतिविधिमा सहयोग पुर्याउने स्वयंसेवक तथा सहयोगीहरुको सम्मानमा बार्बिक्यु सम्पन्न भएको छ ।

November 02, 2025

Contact Us Now for Quick Assistance

Get in touch

If you would like to get in touch, please fill out the form.

ANSAI is a non-profit organization that aims to provide a platform for the Nepalese community in Australia to come together and celebrate their culture and traditions.

Contact Us

  • Adelaide, South Australia

  • ansaustralia@gmail.com

Subscribe to our Newsletter

Subscribe to our newsletter to get the latest news and updates.

Copyright © 2026 ANSAI. All Rights Reserved.