तीज (२०२४) एडिलेड नेपाली समाजको आयोजनामा पुजा तथा नाच गान सहितको तिज विशेष कार्यक्रम (२०२४ सेप्टेम्बर ७ )सम्पन्न भएको भयो । भाद्र शुक्ल तृतियामा मनाइने पर्व अर्थात नेपाली नारीहरुको पर्व हरितालिका तिज स्थानिय क्लोभेली पार्क मेमोरियल हल एवं परिसरमा आयोजित कार्यक्रममा १२०० भन्दा बढि सहभागिता रहेको थियो । तिजकै दिनमा बर्त बसेर घरमा बस्नु पर्ने अबस्थालाई अन्त्य गर्दै समाजले पुजा सहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरेकोमा भक्तजनहरुले खुशी व्यक्त गर्नु भएको थियो । हल परिसरमा निर्माण गरिएको जग्गेमा ब्रतालुहरुलाई एडिलेडमा विगत केहि बर्ष देखि धार्मिक कार्यहरु गराउदै आएका शास्त्री संभव सुवेदीले बैद्धिक विधीबाट पुजा गराएका थिए । परम्परागत भाकाका तिज गितमा नेपालबाट आएका अभिभावकहरुको सहभागिताले निकै रौनकता थपिएको थियो । कार्यक्रममा हलुवा, अचार, तरकारी, चिया समेतको व्यवस्था गरिएको थियो । समाजका अध्यक्ष श्याम दहालले तिजकै दिनमा विशेष कार्यक्रम आयोजना गरिएको बताउदै समाज यहा रहेका चेलीहरुको माइतीका रुपमा निमन्त्रणा गरेर कार्यक्रम आयोजना गरेको बताउनु भयो । उहाले समाजले स्थापना २०१२ देखि दर कार्यक्रमहरु गरेको तर नेपालीहरुको संख्या बढे संगै अन्य संस्था तथा व्यवसायी ईभेन्ट आयोजकहरुले पनि गरिरहेको अवस्थामा समाजले अझै अगाडि बढेर तिज विशेष कै दिनमा कार्यक्रम आयोजना गरेको बताउनुभयो । चन्द्रकोट ज्वेलर्सले सौजन्य मंगलसुत्र राखेर राफल समेत खोलिएको थियो । 3. देउसी भैलौ (२०२४) एडिलेड नेपाली समाजद्धारा बार्षिक कार्यक्रम अन्तर्गत आयोजित देउसी भैलौ (२०२४ अक्टोबर ३०) सम्पन्न भयो । तिहारको विशेष परिकार `सेल´ तरकारी अचारको समेत व्यवस्था गरिएको थियो । कार्यक्रम मिचेल पार्कमा आयोजना गरिएको थियो । 4. अष्ट्रेलिया डेमा नेपाली समुदायको सहभागिता २०२५ सन् १७८८ जनवरी २६ मा ग्रेट व्रिटेनबाट २५२ दिन लगाएर अर्थर फिलिपको नेतृत्वमा झण्डै १५०० मानिस सहित आएको पानीजहाज अष्ट्रेलियाको सिड्नीमा रोकिएको थियो । त्यहि दिन दिनको संझनामा अष्ट्रेलिया डे मनाईदै आएको छ । २३७ वर्ष अघि बेलायतबाट पहिलो पानी जहाज आईपुगेको दिनको सम्झनामा यस बर्ष पनि अष्ट्रेलिया राजधानी सहित सबै राज्यहरुमा अष्ट्रेलिया दिवस अर्थात Australia Day मनाईने गरिएको छ । यसै क्रममा साउथ अष्ट्रेलियाको एडिलेडमा समेत अष्ट्रेलिया डे काउन्सिल अफ साउथ अष्ट्रेलियाको आयोजनामा सरकारी तवरबाटै मनाईने गरिएको छ ।
July 22, 2026
एडिलेड नेपाली समाज अष्ट्रेलियाको छैठौँ साधारणसभा(२०२४ अगष्ट १०)बाट दुई वर्षका लागि श्याम दहालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको थियो । जसको उपाध्यक्षमा बालगोपाल उपाध्याय र एलिजा ढकाल (पदेन उपाध्यक्ष , प्राचार्य एडिलेड नेपाली विद्यालय), सचिव सागर श्रेष्ठ, उपसचिव जीवन प्रसाद भट्टराई, कोषाध्यक्ष आनन्द वखरेल, सदस्यहरुमा सुरेन्द्र रेग्मी,देवराज कडेल, सुर्य आचार्य, आर के शर्मा, गणेश पराजुली, विकास पौडेल( उदास), लक्ष्मी सापकोटा आचार्य, सन्दिप बस्नेत, सुधा सापकोटा, दिपा दहाल, श्याम कृष्ण बोहोरा, पुस्कर कोईराला, विकास पौडेल, पुस्पा बन्जाडे रहनुभएको छ । साधारणसभामा प्रमुख अतिथि साउथ अष्ट्रेलियाको बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्काले समाजले खासगरी विद्यालय मार्फत यहाँ रहेको नेपाली समुदायमा पुर्याएको योगदान ठुलो रहेको बताउनुभयो । कार्यक्रममा विशेष अतिथि स्थानीय म्यारियन काउन्सिलकी काउन्सिलर रेनुका लामाले समाजले नेपाली समुदायमा पुर्याएको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि नेपाली समुदायमा विभिन्न कार्यक्रमहरु मार्फत थप योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरी, एडिलेड नेपालका पुर्व अध्यक्ष पुस्कर कोईराला, नेपाली भजन कीर्तन समुहका अध्यक्ष खगेन्द्र सापकोटा, नेपाली पाठशालाका उपाध्यक्ष देबेन्द्र खरेल लगायतका बक्ताहरुले साधारण सभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । उद्घाटन सत्रको अध्यक्षता समाजका अध्यक्ष देवराज कडेल, सञ्चालन सचिव आर के शर्मा र स्वागत उपाध्यक्ष सागर श्रेष्ठको स्वागत मन्तव्यमा भएको थियो । सन् २०१२ मा स्थापना भएको समाजले कार्यक्रममा पूर्व अध्यक्षहरु, विद्यालयका पूर्व प्रशासक तथा प्रिन्सिपलहरुलाई माया चिनो सहित सम्मान गरेको थियो । साधारणसभाको बन्दसत्र संचालनका लागि रेनुका लामाको अध्यक्षतामा मञ्जु खड्का, रमेश जोशी, नविन कडेल, यदु आचार्य रहेको पाच सदस्यिय अध्यक्ष मण्डल निर्माण गरिएको थियो । बन्द सत्रले अध्यक्ष देवराज कडेलले पेश गरेको गतिविधी सम्वन्धी प्रतिवेदन, कोषाध्यक्ष आनन्द वखरेलले पेश गरेको आर्थिक प्रतिवेदन, पव्लिक रिलेशन अफिसर सुरेन्द्र रेग्मीले पेश गरेको विधान संशोधन प्रस्तावलाई पारित गरेको थियो ।निर्वाचित कमिटीलाई अध्यक्ष मण्डलकी अध्यक्ष रेनुका लामाले पद तथा गोपनियताको सफत गराउनुभएको थियो भने नव निर्वाचित अध्यक्ष दहालले समाजले बार्षिक रुपमा गर्दै आएको कार्यक्रमहरुलाई निरन्तरता दिदै नेपाली समुदायमा थप योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
July 23, 2026
एडिलेड नेपाली समाजको आयोजनामा नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान तथा साउथ अष्ट्रेलिया भ्रमणमा आउनु भएका अभिभावकहरुको सम्मानमा बनभोज (१३ अप्रिल २०२५) भव्य रुपमा सम्पन्न भयो । साउथ अष्ट्रेलियाको क्रियाशिल मध्य पुरानो संस्था समेत रहेको समाजद्वारा आयोजित ७औ वनभोजमा अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । अभिभावकहरु तथा बालबालिकाहरुको मनोरञ्जनका लागि बिभिन्न खेलकुद प्रतियोगिता संचालन गरिएको थियो । भने नेपाली खानको परिकारको समेत व्यवस्था समेत गरिएको थियो । एडिलेड नेपाली विद्यालय समेतको सहकार्यमा भएको वनभोजमा अभिभावक तथा एडिलेड नेपाली विद्यालयका बालबालिका एवं तिनका परिवार सहित ११०० भन्दा बढिको सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदुत दिपक धमलाले नयाँ २०८२ को शुभकामना व्यक्त गर्दै अभिभावकहरुलाई भेटघाटको मौका मिलाएकोमा समाजलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग मञ्जु खड्का, म्यारियन काउन्सिलकी काउन्सिलर रेनुका लामा, एनआरएनए साउथ अष्ट्रेलिया संयोजक संजय पुरीले नयाँ बर्षको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमकाका सभापति तथा समाजका अध्यक्ष श्याम दहालले सहयोगीहरुलाई धन्यवाद दिदै नेपालबाट आउनु भएको अभिभावकहरुलाई आफ्ना सन्तान रहेको समुदाय संग परिचत गराउने र आफु जस्तै अभिभावक संग भेटघाट गर्ने मौकाका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । अतिथि, सहयोगी र सहभागीहरुलाई कार्यक्रम संयोजक पुस्कर कोइरालाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । पव्लिक रिलेशन अफिसर सुरेन्द्र रेग्मीले संचालन गर्नु भएको खेलकुद लगायतका कार्यक्रममा अभिभावक तथा बालबालिकाहरुले निकै सक्रियता सहभागीता जनाउनु भएको थियो । कार्यक्रमको अन्त्यमा खेलका विजयी तथा सहयोगीहरुलाई ट्रफी तथा मायाको चिनो प्रदान गरिएको थियो । बिजयी हुनेहरुमा म्युजिकल चेयरमा हिरालाल सापकोटा प्रथम र सरस्वती न्यौपाने दोस्रो, बालबालिकाको चम्चा दौडमा रिजन वखरेल प्रथम र अल्विजा सुवेदी , हाडी फोरमा हरि प्रसाद पाण्डे विजयी हुनु भएको थियो ।
July 20, 2026
July 20, 2026
एडिलेड नेपाली समाज अष्ट्रेलियाको तेह्रौँ बार्षिक साधारण सभा (२०२५ नोभेम्बर २ आइतबार) मिचेल पार्क स्पोर्टस सेन्टरमा सम्पन्न भयो । सभा साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोगका सदस्य मञ्जु खड्काको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि खड्काले समाजले स्थापना काल देखी यहा रहेको नेपाली समुदायको हितमा क्रियाशिल रहेको बताउदै प्रशंसा गर्नु भएको थियो । भने सरकारले समाजिक संस्थाहरुलाई गर्ने सहयोग माथी प्रकाश पार्नु भएको थियो । समाजका अध्यक्ष श्याम दहालको सभापतित्व र उप सचिव जिवन भट्टराईको स्वागत मन्तव्य शुरु गरिएको कार्यक्रममा एनआरएनए साउथ अष्ट्रेलिया उपाध्यक्ष गणेश पराजुली, फेन्का साउथ अष्ट्रेलिया संयोजक पुष्कर कोईरालाले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । सभामा अध्यक्ष श्याम दहालद्धारा प्रस्तुत समाजको गतिविधि सहितको प्रतिवेदन, समाज उपाध्यक्ष तथा एडिलेड नेपाली विद्यालय प्रिन्सिपल एलिजा ढकालद्धारा विद्यालयको प्रगति प्रतिवेदन र कोषाध्यक्ष आनन्द खरेलद्धारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफल सहित पारित गरिएको थियो । सभामा फेन्का अष्ट्रेलियाका सह प्रवक्ता तथा समाजका पव्लिक अफिसर सुरेन्द्र रेग्मीले अध्यक्षको प्रतिवेदन संगै सदस्यहरु विच समाजका गतिविधी माथी प्रतिक्रियात्मक छलफल गराउनु भएको थियो । कार्यक्रमको अन्त्यमा समाजका उपाध्यक्ष बालगोपाल उपाध्यायले धन्यवाद मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव सागर श्रेष्ठले गर्नु भएको थियो । साथै समाजको आयोजनामा आइतवार साँझ स्थानिय मिचेल पार्कमा समाजको विभिन्न गतिविधिमा सहयोग पुर्याउने स्वयंसेवक तथा सहयोगीहरुको सम्मानमा बार्बिक्यु सम्पन्न भएको छ ।
July 20, 2026
एडिलेड नेपाली समाजको आयोजनामा नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान तथा साउथ अष्ट्रेलिया भ्रमणमा आउनु भएका अभिभावकहरुको सम्मानमा बनभोज
April 14, 2026
ANSAI is a non-profit organization that aims to provide a platform for the Nepalese community in Australia to come together and celebrate their culture and traditions.
Adelaide, South Australia
ansaustralia@gmail.com
Subscribe to our newsletter to get the latest news and updates.
Copyright © 2026 ANSAI. All Rights Reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd.