एडिलेड नेपाली समाजको आयोजनामा नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान तथा साउथ अष्ट्रेलिया भ्रमणमा आउनु भएका अभिभावकहरुको सम्मानमा बनभोज (१३ अप्रिल २०२५) भव्य रुपमा सम्पन्न भयो । साउथ अष्ट्रेलियाको क्रियाशिल मध्य पुरानो संस्था समेत रहेको समाजद्वारा आयोजित ७औ वनभोजमा अभिभावकहरुको उत्साहजनक उपस्थिति रहेको थियो । अभिभावकहरु तथा बालबालिकाहरुको मनोरञ्जनका लागि बिभिन्न खेलकुद प्रतियोगिता संचालन गरिएको थियो । भने नेपाली खानको परिकारको समेत व्यवस्था समेत गरिएको थियो । एडिलेड नेपाली विद्यालय समेतको सहकार्यमा भएको वनभोजमा अभिभावक तथा एडिलेड नेपाली विद्यालयका बालबालिका एवं तिनका परिवार सहित ११०० भन्दा बढिको सहभागीता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदुत दिपक धमलाले नयाँ २०८२ को शुभकामना व्यक्त गर्दै अभिभावकहरुलाई भेटघाटको मौका मिलाएकोमा समाजलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग मञ्जु खड्का, म्यारियन काउन्सिलकी काउन्सिलर रेनुका लामा, एनआरएनए साउथ अष्ट्रेलिया संयोजक संजय पुरीले नयाँ बर्षको शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रमकाका सभापति तथा समाजका अध्यक्ष श्याम दहालले सहयोगीहरुलाई धन्यवाद दिदै नेपालबाट आउनु भएको अभिभावकहरुलाई आफ्ना सन्तान रहेको समुदाय संग परिचत गराउने र आफु जस्तै अभिभावक संग भेटघाट गर्ने मौकाका लागि कार्यक्रम आयोजना गरिएको बताउनु भयो । अतिथि, सहयोगी र सहभागीहरुलाई कार्यक्रम संयोजक पुस्कर कोइरालाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । पव्लिक रिलेशन अफिसर सुरेन्द्र रेग्मीले संचालन गर्नु भएको खेलकुद लगायतका कार्यक्रममा अभिभावक तथा बालबालिकाहरुले निकै सक्रियता सहभागीता जनाउनु भएको थियो । कार्यक्रमको अन्त्यमा खेलका विजयी तथा सहयोगीहरुलाई ट्रफी तथा मायाको चिनो प्रदान गरिएको थियो । बिजयी हुनेहरुमा म्युजिकल चेयरमा हिरालाल सापकोटा प्रथम र सरस्वती न्यौपाने दोस्रो, बालबालिकाको चम्चा दौडमा रिजन वखरेल प्रथम र अल्विजा सुवेदी , हाडी फोरमा हरि प्रसाद पाण्डे विजयी हुनु भएको थियो ।
ANSAI is a non-profit organization that aims to provide a platform for the Nepalese community in Australia to come together and celebrate their culture and traditions.
Adelaide, South Australia
ansaustralia@gmail.com
Subscribe to our newsletter to get the latest news and updates.
Copyright © 2026 ANSAI. All Rights Reserved.
Powered by Bitmap I.T. Solution Pvt. Ltd.